Tuki Music Kasto Chha Timilai Скачать
Текст песни
कस्तो छ तिमीलाई के छ तिम्रो खबर
जति सम्झिन्छौ नि तिम्ले सम्झिराछु तेस्को डबल
संगै बगिराछ माया एउटै नभएनी बगर
तिमी जस्तै सुन्दर छ रे भन्छन् तिमी बस्ने सहर
थाछैन काबाट शंका को काँडा छिरीराछ
तर तिमी बुझ्छौ, तिमी बिना टुकी निभिराछ
नपर भ्रममा म टाढा हुन्छु तिमीबाट
जस्तै कि गुलियो छुट्टिन्न कहिले चिनीबाट
सुक्खा छ जीवन तिमी पानी बनिदेऊ
कहिले अँगालोमा बाँध कहिले गाली गरिदेऊ
खाली खाली लाग्छ राज्य खै किन हो कुन्नि
तिमी आऊ केही नसोची मेरो रानी बनिदेऊ
माया ढुंगा खोज्दा देवता हैन
हीरा खोज्दा मोती पाए
लोभी हैन मन, आफ्नै आँखा हुन्छ दोषी प्रायः
नसकेपछि थाम्न भार तिम्रो जवानीको
ति तिम्रा चप्पलहरू उजुरी बोकी आए
पछ्याउँदै छायाँ तिम्रो मनी अघि बढिरा
माया छ भने के नै छ र धनी गरिबमा
ऐना बनाई राख मलाई तिम्रो कोठा भित्र
अनि देखाऊ भाको सबै तिम्रो नकाब, थरी थरीका
सुगन्ध यति मिठो, तिमी पारिजातको फूल
माया सधैं पलाइराख्ने तिमी सिम्टारीको मूल
होला केही खोट, तर मेरो लागि जून
हाम्लाई देख्दा डाहा गर्ने सबै अभागी नै हुन्
तिम्लाई छुन खोज्नेहरूको हातलाई थिचेर फाल्न
तिमी ढुक्क हुनु, तिमीलाई कोहीले टिपेर लान्न
दुःख सुख साग सिस्नो मात्र, निदारको कुरा
सँगै पुगौं गन्तव्यमा, एक्लै जितेर जान्न
मलाई फर्केर कसैले एकचोटि हेरेन
शायद छोड्यो भाग्यले, निदारमा दोषी लेखेर
माया संसारकै महंगो म खुसी किनिदिन्छु
मात्र तिमी टाढा नजाऊ, रित्तो गोजी देखेर
शायद मर्द खोज्दा खोज्दै कतै थाकी थियौ र माया
नत्र यस्तो भाउ खान तिम्ले काँ सिक्यौ र माया
ल ठिक छ, किन्न पर्छ भने बाँकी लेऊ न माया
शुभ हुन्छ कि त दिन, एक फेर हाँसी देऊ न माया
मेरो नैतिकता ले दिन्न अधिकार खोसी लिने
तर भाको देवी देउराली सबै ढोगी हिँडे
तिमी फूल भएपछि, म काँडा हुनै पर्येा
नत्र टिप्न आउनेहरूको हातलाई कसले कोपि दिने?
अं बिहेमा साथीहरूले बोको छिनाइ भने
मलाई तिम्रो अँगालोमा एउटै धोको निदाइ रहने हेरे
आँटेसी पुग्ने छ त्यो मनलाई, अन्त नडुलाउ
मैले त यता दुई चार वटा भोटो सिलाई सके
स्वर्ग नै खाली छ, धरतीमा देखे सुन्दरी
दुईटा मुटु बधिएसि कसले हेर्छ कुण्डली
हाम्रो यो जित सबको मुखमा झुन्डिने छ माया
म गाऊँछु गीत, तिमी आउन मिठो धुन बनी
Треки от исполнителя